काठमाडौं । गत आर्थिक वर्ष गत आर्थिक वर्ष २०७९/८० मा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन १२.३ प्रतिशत बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा वित्तीय संस्थाहरुले ९ प्रतिशत निक्षेप बढाएका थिए ।
गत असारसम्म बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ७.७ प्रतिशत, २६.६ प्रतिशत र ५८.९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा निक्षेपको अंश क्रमशः ८.९ प्रतिशत, २७.६ प्रतिशत र ५५.८ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.६ प्रतिशत रहेको छ । २०७९ असारमा यस्तो निक्षेपको अंश ३८.३ प्रतिशत रहेको थियो ।