११ पुष २०८१, बिहीबार

मासिक १९ हजार किस्ता तिरे पुग्ने कार नाडा अटो शोमा ल्याइँदै, कस्तो छ फिचर ?


आगामी भदौ २६ गतेबाट आयोजना हुने नाडा अटो शो २०२३ मा कम मूल्यको ईभी विलिङ एयर पनि प्रदर्शनी हुने भएको छ । कम्पनीले एकै पटक ४ लाख मूल्य घटाएर बुकिङ लिइरहेको सर्ट रेन्ज भेरियन्टको एयर मिनी प्रदर्शनी गर्न लागेको हो ।

बज्र ग्रुप अन्तर्गतको नेपाल मोटर्स प्रालिले बिक्री गर्दै आएको विलिङ एयर मिनी तपाईसँग मूल्यको ५० प्रतिशत डाउन पेमेन्ट गर्न पुग्ने १० लाख ४९ हजार ५०० रुपैयाँ डाउन पेमेन्ट गर्न पुग्ने रकम छ भने मासिक १९ हजार किस्ता तिर्नेगरी खरिद गर्न सक्नु हुनेछ ।

अहिले बैंकहरुले मिनी ईभीमा पनि ७ वर्ष अवधिको कर्जा उपलब्ध गराएका छन् भने औषत ब्याजदर १२.५ प्रतिशत हाराहारी रहेको छ । यही अनुसार हिसाव गरेर मासिक किस्ता निकालीएको हो ।

होइन तपाईसँग डाउन पेमेन्ट गर्ने रकम कम छ भने पनि ईभीमा ८० प्रतिशतसम्म कर्जा सुविधा पाइने भएको कारण ४ लाख २० हजार डाउन पेमेन्ट गरेर पनि एयर मिनी खरिद गर्न सक्नु हुन्छ । सामान्य मोटरसाइकलको मूल्यभन्दा पनि कम रकम डाउन पेमेन्टमा खरिद गर्न सकिने यो मिनी कार नाडा अटो शोको एक आकर्षण हुन सक्नेछ ।

सानो साइज, राम्रो रेन्ज र सुरक्षा फिचरमा पनि राम्रो भएको कारण विलिङ एयर मिनीले अन्तर्राष्ट्रिय बजारमा राम्रो ब्यापार गरिरहेको छ । यो मिनी कारको लम्बाई २९७४ एमएम, चौडाई १५०५ एमएम र उचाई १६३१ एमएम रहेको छ ।

विलिङको सर्ट रेन्ज भेरियन्टमा १७.३ किलोवाट आवरको ब्याट्री छ । यसमा मोटर पनि ३० किलोवाट क्षमताको मात्रै छ । यसले एक पटकको फुल चार्जमा २०० किमि रेन्ज दिने कम्पनीले दावी छ ।

दुई ढोका र चार सिट अप्सनमा नेपाल आएको विलिङ एयर मिनी एआई फिचर समाबेस भएको कार हो । सुरक्षाको लागि यसमा एयरव्याग, इबीडी सहितको एबीएस, टायर प्रेसर मोनिटर, रिभर्स पार्किङ सेन्सर, रिभर्स क्यामेरा जस्ता फिचर उपलब्ध छन् । कम्पनीले यसको व्याट्रीमा ८ वर्षको वारेन्टी दिएको छ ।

 

ताजा समाचार