४ पुष २०८१, बिहीबार

विद्युत प्राधिकरणले ५० करोड रुपैयाँ र १ करोड युएस डलर मुद्दतीमा लगानी गर्ने


नेपाल विद्युत प्राधिकरणले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । प्राधिकरणले ६ महिने मुद्दती खातामा नेपाली रुपैयाँ र अमेरिकी डलर निक्षेप राख्ने भएको हो ।

प्राधिकरणले वाणिज्य बैंकहरूमा ५० करोड रुपैयाँ र १ करोड युएस डलर मुद्दती निक्षेपमा राख्ने भएको हो । प्राधिकरणको विभिन्न खाताहरूमा रहेको रकम ६ महिने मुद्दती खातामा राख्ने भएकाले सिलबन्दी प्रस्ताव आह्वान गरेको हो ।

उक्त रकम राख्न चाहने बैंकले ३ दिनभित्र प्राधिकरणमा बोलपत्र पेश गर्न आग्रह गरेको हो । नेपाली रुपैयाँ र युएस डलरमा के कति प्रतिशत व्याजदर दिन सकिन्छ प्रस्तावमा उल्लेख गर्नुपर्नेछ ।

 

ताजा समाचार