त्रिभुवन विमानस्थलको संवेदनशील क्षेत्रमा लगाइएको तारबार भत्काएपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई नागरिक उड्ययन प्राधिकरणले ५० हजार जरिवाना तिराउने गरी गरेको निर्णय कार्यान्वयन गर्न अदालतले बाटो खोलिदिएको छ ।
गत जेठमा महानगरले आफ्नो क्षेत्राधिकारभित्र पर्ने भन्दै तारबार भत्काएको थियो । त्यसविरुद्ध क्यानले बालेनलाई ५० हजार जरिवाना तिराउने निर्णय गरेको थियो । त्यसविरुद्ध बालेन उच्च अदालत पाटन रिट लिएर पुगेका थिए ।
उक्त रिट अदालतले खारेज गरिदिएसँगै क्यानले बालेनविरुद्ध थप स्पष्टिकरण माग्ने र जरिवाना तिराउने बाटो खुलेको हो ।
उच्च अदालत पाटनका न्यायाधीश दुर्गावहादुर विश्वकर्मा र रमेश ढकालको संयुक्त इजलासले बुधवार बालेनको रिट खारेज गर्दै महानगरपालिका र मेयर बालेन शाहलाई कारबाही गर्ने क्यानको निर्णय कार्यन्वयनको बाटो खुलाएको हो ।