९ पुष २०८१, मंगलवार

धरानमा मुठभेड हुन नदिन १३ दलले गरे संयुक्त अपील, दुवै पक्षलाई कार्यक्रम रोक्न आग्रह


धरानमा बसेको सर्वदलीय बैठकले भोलिका लागि निर्धारित कार्यक्रमहरु स्थगित गर्न आह्वान गरेको छ । बैठकपछि १३ वटा दलहरुले साझा विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालबाट पनि सामाजिक सद्भाव खल्बलिने कुनै सामग्री शेयर नगर्न अनुरोध गरेका छन् ।

विगत केही दिनदेखि धरानमा असहज परिस्थिति उत्पन्न भइरहँदा यहाँको सहिष्णुता र सद्भाव विथोलिन सक्नेप्रति विज्ञप्तिमा चिन्ता व्यक्त गरिएको छ ।

‘हाम्रो बहुलतायुक्त विशेषतालाई आत्मसात गर्द सबै जाति, धर्म, समुदायले एक आपसको धर्म, संस्कार, संस्कृति र परम्परालाई सम्मान गर्दै सामाजिक द्वैष तथा आस्थामा ठेस पुर्याउन गतिविधि नगरिदिनुहुन अनुरोध गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

हेर्नुहोस् विज्ञप्ति – 

ताजा समाचार