४ पुष २०८१, बिहीबार

अयोग्य लडाकुलाई २/२ लाख दिने निर्णयमा काँग्रेसको आपत्ति


सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद प्रदिप पौडेलले माओवादी अयोग्य लडाकुलाई २/२ लाखका दरले राहत दिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् ।

हिजो शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले आर्थिक संकट परेका बेलामा यस्तो निर्णय गरेको भन्दै आपत्ति जनाए ।

उनले भने, ‘अयोग्य लडाकुलाई २÷२ लाख रुपैयाँ निर्णय भएको भन्ने कुरा विभिन्न माध्यामबाट बाहिर आईरहेको छ। यस्तो आर्थिक संकटको बेलामा यो निर्णय अपारदर्शी ढंगले संसदलाई छलेर गर्नु स्वभाविक होइन। त्यसकारण म सर्वप्रथम सभामुखमार्फत् सरकारलाई माग गर्न चाहन्छु–यो विषयमा के भएको हो ? यथार्थ जानकारी सदनलाई गराईयोस्।’

 

ताजा समाचार