९ पुष २०८१, मंगलवार

चामल निर्यात: भारतले अरु देशलाई निर्यात खुलायो, नेपाललाई आश्वासनमै झुलायो


छिमेकी राष्ट्र भारतले तिन देशका लागि चामल निर्यात खुलाउँदा नेपालका लागि भने खुलाएको छैन ।

भारतले नेपाललाई आश्वासन मात्र दिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपालका लागि १० लाख मेट्रिक टन धान, एक लाख मेट्रिक टन चामल र ५०,००० मेट्रिक टन चिनीको आपूर्ति खुला गर्न आग्रह गर्दै पत्राचार गरेको यसअघि मन्त्री रिजालले बताएका थिए।

भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनालयले बुधवार जारी गरेको सूचनामा बासमतीबाहेकको चामल निर्यात तीन देशका लागि खुला गरिने उल्लेख छ।

तत्कालका लागि भुटानका निम्ति ७९,००० मेट्रिक टन छ्ट्ट्याइएको छ।

सिङ्गापुरका लागि ५०,००० र मरिससका लागि १४,००० मेट्रिक टन चामल निर्यात खुला गरिएको छ।

नेपाल सरकारले भने छिट्टै नै भारतले नेपालका लागि पनि निर्यात खुल्ला गर्ने बताएको छ यद्दापी यो सम्भावना कम छ ।

 

ताजा समाचार