४ पुष २०८१, बिहीबार

सिटिजन लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


ipo

भदौ १५ गतेदेखि सर्वसाधारणको लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २४४ रुपैयाँमा आईपिओ निष्काशन तथा बिक्री खुल्ला गरेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा आवेदन दिने आज भदौ १९ गते अन्तिम दिन रहेको छ।

कम्पनीले जारी पूँजीको ३० प्रतिशत अर्थात् १ करोड १२ लाख ५० हजार कित्ता आईपिओ निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। जसअनुसार कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारिमा रहेका नेपालीहरुको लागि कुल निष्काशनको १० प्रतिशत अर्थात ११ लाख २५ हजार कित्ता आईपिओ निष्काशन गरी बाँडफाँड गरिसकेको छ। त्यस्तै, ५ प्रतिशत अर्थात् ५ लाख ६२ हजार ५०० कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत अर्थात ५ लाख ६२ हजार ५०० कित्ता नै शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरि बाँकी रहेको ९० लाख कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन गरेको हो ।

सर्वसाधारणले यस कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आइपिओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सि-आस्बा सदस्य बैंक तथा वित्तिय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा मेरो शेयर सफ्टवेयर प्रयोग गरी सि-आस्बा प्रणाली मार्फत आवेदन दिन सकिने छ।

 

ताजा समाचार