९ पुष २०८१, मंगलवार

भारतीय मन्त्रिपरिषदको निर्णय : नेपालबाट १०,००० मेगावाट विद्युत खरिद गर्ने


छिमेकी देश भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत किन्ने निर्णय गरेको छ ।

भारतको मन्त्रिपरिषद् बैठकले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गर्ने निर्णय गरेसँगै नेपाल र भारतको लगानीका जलविद्युत आयोजनाबाट उत्पादित बिजुली दीर्घकालीन ऊर्जा व्यापार सम्झौता गरेर बेच्न बाटो खुल्ने बताइएको छ ।

नयाँ दिल्लीस्थित नेपाली राजदूतले भारतीय मन्त्रिपरिषद्को निर्णयपछि अब नेपालले जलविद्युत् पूर्वाधारहरू वृद्धि गर्नुपर्ने र बिजुली बेच्न सक्ने क्षमता बढाउनुपर्ने बताएको बीबीसीमा उल्लेख रहेको छ ।

अहिले नेपालबाट ५२२ मेगावाट बिजुली बोलकबोल प्रक्रियाबाट भारतमा विक्री गर्ने गरिएको छ ।

ताजा समाचार