४ पुष २०८१, बिहीबार

मोरक्को: भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या ८०० बढी, जोखिममा नेपाल ११ औं स्थानमा


मध्य मोरक्कोमा गएको ६.८ म्याग्निट्यूडको भूकम्पका कारण थुप्रै जनधनको क्षति भएको छ ।

उक्त भूकम्पमा परेर कम्तीमा ८२० जनाको ज्यान गएको कैयौँ क्षेत्रमा व्यापक क्षति भएको त्यहाँको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ।

उक्त भूकम्पको केन्द्रबिन्दु हाइ एट्लस माउन्टेन्स रहेको थियो जुन माराकेसबाट ७१ किलोमिटर दक्षिण पश्चिममा पर्छ।

यूएस जिओलोजिकल सर्भेले त्यसको गहिराई १८.५ किलोमिटर रहेको उल्लेख गरेको छ।

स्थानीय समय अनुसार राति ११ बजेर ११ मिनेटमा भूकम्प गएको थियो। त्यसको १९ मिनेटपछिको परकम्प ४.९ म्याग्निट्यूडको मापन गरिएको छ।

भूकम्पीय जोखिमको हिसाबले नेपाल विश्वमा ११ औं नम्बरमा पर्दछ । गएको २०७२ सालमा गएको भूकम्पले पनि ठुलै जनधन तथा मानवीय क्षति व्यहोर्नुपरेको थियो ।

ताजा समाचार