८ पुष २०८१, सोमबार

हिमालयन ८०-२० म्युचुअल फण्ड बाँडफाँट, यसरी हेर्नुहोस् रिजल्ट


हिमालयन क्यापिटलको पहिलो म्युचुअल फण्ड ‘हिमालयन ८०-२०’ फण्ड बाँडफाँट गरिएको छ । साउन ३२ गतेदेखि भदौ १५ गतेसम्म बिक्री खुला गरेको म्युचुअल फण्ड भदौ २६ गतेका दिन बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ ।

क्यापिटलले १ अर्ब रुपैयाँको प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका १० करोड इकाई बिक्री खुला गरेको थियो । जसमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई कोष प्रवर्धक हिमालयन बैंक ८ करोड ५० लाख इकाई सर्वसाधरण लगानीकर्तालाई बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ ।

सिडिएस एण्ड क्लियरिङ्ग अनुसार अन्तिम दिनसम्म ४६ हजार १४१ जना आवेदकले ९ करोड १४ लाख ६१ हजार ८२० इकाईका लागि ९१ करोड ४६ लाख १८ हजार २ सय रुपैयाँ बराबरको आवेदन दिएका थिए ।

म्युचुअल फण्ड बाँडफाँट सम्पन्न भइसकेको हुँदा विभिन्न २ तरिकाबाट रिजल्ट हेर्न सकिनेछ । सिडिएसले सञ्चालन गरेको आईपीओ रिजल्ट (https://iporesult.cdsc.com.np/) र क्यापिटलको वेवसाइट (https://himalayancapital.com/)बाट रिजल्ट हेर्न सकिने क्यापिटलले बताएको छ ।

साथै, सेयर पर्न सफल आवेदकहरुको रकम बिक्री प्रबन्धकको बैंक खातामा रकमान्तरण गर्न र बाँडफाँटमा नपरेका सेयर वापतको रकम सम्बन्धित आवेदकहरुको बैंक खाताबाट फुकुवा गर्न पनि क्यापिटलले आग्रह गरेको छ ।

 

ताजा समाचार