४ पुष २०८१, बिहीबार

सानिमा माई हाइड्रोको १०.५२ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


सानिमा माई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज २४ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेका छन् ।

त्यसैले आज असोज २३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम सेयरधनीहरुले साधारण सभामा सहभागि भई लाभांश प्राप्त गर्न सक्ने छन् ।

कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद गरी कूल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

लाभांश पारित गर्न कम्पनीले कात्तिक २३ गते सुकेधारा काठमाडौंमा बिहान ११ बजे १२ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

 

ताजा समाचार