८ पुष २०८१, सोमबार

शुक्रबारदेखि प्रतिफल वितरण गर्दै सनराइज फर्स्ट म्युचुअल फण्ड


सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डले असोज २६ गते शुक्रबारदेखि इकाईधनीहरुको बैंक खातामा प्रतिफल जम्मा गर्ने भएको छ।

फण्डले गत आर्थिक वर्षका लागि इकाईधनीहरुलाई करसहित १६ प्रतिशतका दरले प्रतिफल (नगद लाभांश) वितरण गर्ने घोषणा गरेको थियो। प्रतिफल वितरण प्रयोजनार्थ फण्डले असोज १४ गते बुकक्लोज गरेको थियो। फण्डले असोज ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुको बैंक खातामा सो दरमा प्रतिफल जम्मा गर्नेछ।

फण्डको योजना व्यवस्थापक सनराइज क्यापिटल लिमिटेड रहेको छ भने कोष प्रबर्धक लक्ष्मी सनराइज बैंक लिमिटेड रहेको छ।

 

ताजा समाचार