८ पुष २०८१, सोमबार

बुक बिल्डिङमा सहभागी हुने संस्थागत लगानीकर्तालाई दस्तुर बुझाउन नेप्सेको आग्रह


नेपाल स्टक एक्स्चेन्जले बुक बिल्डिङमार्फत गरिने सेयर निस्कासनमा सहभागिता जनाउने संस्थागत लगानीकर्तालाई दस्तुर बुझाउन आग्रह गरेको छ ।

एक सार्वजनिक सूचना जारी गर्दै नेप्सेले बुक बिल्डिङ विधिमार्फत गरिने निस्कासनमा शिलबन्दी बोलकबोल सञ्चालन गर्ने सम्बन्धको पत्र बमोजिम धितोपत्र बोर्डबाट अनुमति प्राप्त तथा योग्य संस्थागत लगानीकर्तालाई दस्तुर बुझाउन भनेको हो ।

पहिले नै दर्ता भइसकेका संस्थागत लगानीकर्ताले वार्षिक नवीकरण शुल्क बुझाउनुपर्ने छ भने दर्ता नभएका कम्पनीले दर्ता शुल्क बुझाउनुपर्ने नेप्सेले जनाएको छ ।

दर्ता शुल्क १० हजार रुपैयाँ र वार्षिक नवीकरण शुल्क ५ हजार रुपैयाँ तोकिएको छ ।

नेपाल धितोपत्र बोर्डले सर्वोत्तम सिमेन्टलाई बुक बिल्डिङ पद्धतिबाट सेयर निस्कासनका लागि अनुमति दिइसकेको छ । सो कम्पनीको सेयर निस्कासनका लागि प्रतिकित्ता ४०१ देखि ६०१ रुपैयाँसम्म रेञ्ज बोर्डले प्रदान गरेको छ ।

बुक बिल्डिङ पद्धतिबाट पहिलो पटक नेपालमा सेयर जारी गर्न लागिएको हो । सर्वोत्तमलाई २४ लाख कित्ता सेयर बुक बिल्डिङ पद्धतिबाट निस्कासन गर्न अनुमति दिइएको छ ।

ताजा समाचार