३ पुष २०८१, बुधबार

परराष्ट्र सचिवलाई क्यानडाको राजदूत उपहार


काठमाडौँ । संसदीय सुनुवाइ समितिले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।

आइतबार सिंहदरबारमा बसेको समिति बैठकले पौड्यालको संसदीय सुनुवाई गर्दै सर्वसम्मत अनुमोदन गरेको हो ।

यसअघि कार्तिक १५ गते बसेको समितिको बैठकले पौड्यालविरुद्ध उजुरी आह्वान गरेको थियो । यसबीचमा पौड्यालविरुद्ध दुई वटा उजुरी परेको थियो । उजुरीकर्तामध्ये सम्पर्कमा आएका एक जनासँग समितिले आइतबार नै छलफल गरेको थियो ।

उजुरी लगायत भावी कार्य योजनाका बारेमा छलफल गरी समितिले पौड्यालको नाम सर्वसम्मत अनुमोदन गरेको समिति सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

पौड्यालले आफू राजदूतमा नियुक्त भए क्यानडामा रहेका नेपालीहरूको समस्या समाधान गर्न र दुई पक्षीय सम्बन्ध विस्तार गर्न ध्यान केन्द्रीत हुने जिकीर गरेका थिए ।

 

ताजा समाचार