सरकारले आगामी माघ ११ गते राष्ट्रिय सभाका रिक्त सदस्यको निर्वाचन गर्ने निर्णय गरेको छ ।
बुधबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाका रिक्त सदस्यको निर्वाचनको मिति तय गरेको हो ।
क्याबिनेटले नेपाल इन्जिनियरिङ सेवातर्फ रिक्त सचिव पदमा श्वेता दवाडीलाई बढुवा गर्ने निर्णय गरेको छ ।
यसैगरी, गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट प्रभावित जाजरकोट र रूकुम पश्चिममा अस्थायी आवास निर्माण गर्न जिल्ला सुरक्षा समितिको सिफारिसअनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खटाउने निर्णय गरेको छ ।