४ पुष २०८१, बिहीबार

लुम्बिनी विकास बैंकले घोषणा गर्यो २८ करोड ७५ लाख रुपैयाँ बराबरको लाभांश


काठमाडौँ ।  लुम्बिनी विकास बैंकले सेयरधनीलाई नगद र सेयर बोनस घोषणा गरेको छ ।

सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ४.५ प्रतिशत नगद लाभांश र ४ प्रतिशत सेयर बोनससहित कुल ८.५ प्रतिशत लाभांश घोषणा गरेको हो ।

कुल २८ करोड ७५ लाख रुपैयाँ बराबरको लाभांश प्रदान गरिने कम्पनीले जनाएको छ । गत आर्थिक वर्ष कम्पनीले ९ प्रतिशत नगद र ३ प्रतिशत सेयर बोनस दिएको थियो ।

ताजा समाचार