४ पुष २०८१, बिहीबार

हिरासत, सम्पति शुद्धिकरण, अदुदुवा हुँदै पूर्व गृहमन्त्री बल्ल खुल्ला आकाशमा, आयोगले बोलाए फेरी जानुपर्ने


पूर्व गृहमन्त्री बालकृष्ण खाँण थुनामुक्त भएका छन्। खाँणलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साधारण तारेखमा छाडेको छ।

उनी तारेखमा छुटेका हुनाले आयोगले आवश्यकता देखेर बोलाएमा आउनुपर्ने हुन्छ।’

खाँणले जिल्ला अदालत काठमाडौँमा ३० लाखको बैंक ग्यारेन्टी बुझाएका छन्। त्यसपछि भने उनलाई सम्पत्ति शुद्धीकरणमा उपस्थित गराइएको थियो ।  त्यसपछि उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लगिएको थियो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँण पक्राउ परेका थिए। खाँणसहित उनका स्वकीय सचिव नरेन्द्र केसीलाई २७ वैशाखमा उनको मैजुवहालस्थित घरबाट पक्राउ गरेको थियो। खाँणसहित प्रकरणमा मुछिएका पूर्वमन्त्री टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डे लगायतलाई  १ असार २०८० मा पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत, काठमाडौंले आदेश दिएको थियो।

ताजा समाचार