४ पुष २०८१, बिहीबार

रामचन्द्र पौडेल मंगलबार दुखि


राष्ट्रपति रामचन्द्र पौडेलले गाउँ रित्तिदै गएकामा चिन्ता व्यक्त गरेका छन् ।

ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसको ६५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले भने, “लोकतन्त्रपछि मुलुकको शिक्षा, सञ्चार, सडक, स्वास्थ्य र विद्युतीकरणको क्षेत्रमा भएको विकासका बाबजुद त्यसको उपभोग गर्ने नागरिकको अभावमा गाउँ किन रित्तिदै छन् ? नीति निर्माण र शासनसत्तामा बस्नेलगायत सबैको चिन्ता आज यसैमा केन्द्रित हुनुपर्छ”,

क्याम्पसका संस्थापक क्याम्पस प्रमुख प्रा शङ्करराज पाठकले राष्ट्रपति पौडेल विद्यार्थीकालमा अत्यन्तै सक्रिय रहनुभएको स्मरण गरे ।

विसं २०१६ पुस १० गते स्थापना भएको सरस्वती बहुमुखी क्याम्पसमा हाल दुई सयभन्दा बढी प्राध्यापक र २५ कर्मचारी कार्यरत छन् । सो क्याम्पसमा स्नातक र स्नातकोत्तर तहअन्तर्गत विभिन्न शैक्षिक कार्यक्रममा करिब सात हजार विद्यार्थी अध्ययनरत छन् ।

 

ताजा समाचार