८ पुष २०८१, सोमबार

एमाले नेतृ शान्ता चौधरीलाई ४ प्रश्न !


नेपाली काँग्रेसको समर्थनमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेको गत १० गते एक वर्ष पुरा भयो । विधिको शासन, सुशासन, कानूनी शासन, विकास निर्माण लगायतका थुप्रै इन्डिकेटरहरुमा सरकार असफल रहेको कुरा प्रष्ट रहेको छ । जनताहरुले हैरानी व्यहोरेका छन्, आजित दिक्क हैरानी छन् ।

भर्खरै नेकपा एमालेले देश दौडाहा सकेर बसेको छ । एमालेका नेताहरुले पश्चिम–पूर्व मध्यपहाडी संकल्प यात्राबाट धेरै कुराहरु सिकेको र एमालेको लोकप्रियता झन् बढेको दाबी गरेका छन् ।

यता प्रधानमन्त्री पनि गठबन्धनबाट असन्तुष्ट रहेको संकेत गरिरहेका छन् ।

यस्तै समसामयिक विषयहरुमा आर्थिक वेभले नेकपा एमालेकी नेतृ तथा पूर्वसांसद शान्ता चौधरीसंग कुराकानी गरेको छ ।

नेकपा माओवादीको नेतृत्वमा सरकार बनेको झन्डै एक वर्ष पुरा भएको छ विधिको शासन, सुशासन,जवाफदेहिता, विकाश निर्माणका विषयहरुमा यहाँले प्रचण्डको सरकारलाई कसरी हेर्नुभएको छ?

सुशासनको नाममा प्रचण्डको पर्मफ्मेंस जिरो छ । माओवादीको नेतृत्वको सरकारलाई हेर्ने हो भने मैले जिरो नम्बर दिन्छु । उहाँको सरकारले एक सिन्को भाँच्न पनि सकेको छैन । प्रचण्ड नेतृत्वको सरकारले विकाश निर्माणको काममा त झनै गति लिन सकेको छैन । ओलीको काममा सुरु भएका कामहरुले पनि गति लिन सकेको छैन । विकास निर्माणको पक्षलाई हेर्दाखेरी काम जिरो भएको छ । सुशासन, विधिको शासन, विकास निर्माणका काम, जवाफदेहिता लगायातका सूचांकको आधारमा हेर्दा पुरै फेल भएको छ ।

कार्यकारीको हैसियतमा ओली प्रधानमन्त्री हुँद र प्रचण्डमा के फरक?

ओली र प्रचण्डलाई तुलना गर्ने मिल्दैन । देशप्रति बफादार भएर काम गर्ने मान्छे ओली देशभक्त हुन् चाहे सुशासनको कुरा गरौँ चाहे, विकाश निर्माणका कुरा गरौँ, चाहे जवाफदेहिता र पारदर्शिताको कुरा गरौँ । ओली सबैमा अगाडी हुनुहुन्छ । हरेक पालिकामा हस्पिटल खडा गर्ने, कृषकलाई पेन्सन दिने वृद्धभत्ता, सुरुङ मार्ग, सडक बनाउनेलगायतका थुप्रै देश र जनताको लागि धेरै महत्वपूर्ण काम भएका थिए । ओली र प्रचण्डको सरकारमा आकाश जमिनको फरक छ ।

गठबन्धन कतिको बलियो छ, कति समयसम्म जान्छ, तपाईंको धारणा के छ ?

यो गठबन्धन जति टिक्छ देशलाई त्यति नै घाटा हुन्छ । नेपाली काँग्रेस अहिले निरिह अवस्थामा पुगेको छ । यसबारे म बोल्न चाहन्न । माओवादी त सधैं वैशाखी नै भइराखेको छ । नेकपा एसको त के कुरा गर्नु? गठबन्धनमा खटपट आएको कुरा प्रधानमन्त्रीले नै बोलिसकेका छन् ।  समग्रमा गठबन्धन बलियो र टिकाउ होलाजस्तो छैन । गठबन्धन टिक्नु भनेको देशको लागि खतरा हुनु हो ।

नेकपा एमाले त देश दौडाहा सकेर बसेको छ पश्चिम–पूर्व मध्यपहाडी संकल्प यात्रा कस्तो रह्यो? एमालेले एमालेले सिकेको ४ वटा कुराहरु केके हुन् ?

जनतासंग जोडिने नेकपा एमालेको अभियानको जति  प्रशंसा गरेपनि कम नै हुन्छ । रातीको बेला या दिउँसोको बेला या बिहानको बेलामा जनताले एमालेलाई एकदमै राम्रो रेस्पोन्स गरे । यो यात्राबाट नेकपा एमालेको लोकप्रियता घट्यो, जनताले एमालेलाई रुचाउन छाडेलगायतका विरोधीहरुको जुन भाष्य छ यो गलत सावित भएको छ । यसबाट यो पुष्टि भएको छ कि जनताहरुले नेकपा एमालेलाई रुचाएका छन् । पहाडका वस्तीहरुलाई एकीकृत वस्तीको रुपमा विकास गर्न सके अझै राम्रो हुन्थ्यो भन्ने कुरा हामीले बुझेका छौं । समग्रमा एमालेले धेरै कुराहरु सिकेको छ ।

 

 

 

ताजा समाचार