१ पुष २०८१, सोमबार

गृहमन्त्रीमाथि सूर्य थापाको नानाथरी: नैतिकहराम, पदलोलुप भएर कुर्सीमा टाँसीएको आरोप


नेकपा एमालेका सांसद सुर्य थापाले गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूलाई बालकुमारी घटनामा चोख्याउन अनेक प्रपन्च रचेको बताएका छन् ।

केही दिन अगाडी बालकुमारीमा मन्त्रीको गाडी आगजनी भएपछि प्रहरीको गोली लागेर दुई युवाको मृत्यु भएको थियो ।

सो घटनामा ललितपुरका प्रमुख जिल्ला अधिकारी रूद्रप्रसाद पण्डित निलम्बनमा परेका छन् । उनले किन उनलाई निमल्बन गरेको भनेर प्रश्न गरेका छन् ।

“यदि उहाँलाई दोषी देखाएर आफू जोगिने नारनकाजीको कोशिस हो भनें उनले एक मिनेट पनि पदमा बस्नु चुनाव हारेको व्यक्ति भ-याङ चढेर राष्ट्रिय सभा सदस्य हुँदै मन्त्री बनेकोजस्तै अनैतिक रहेको स्पष्ट छ। जवाफदेही उनको नै हो।सिडिओलाई गोली चलेको थाहासम्म त थियो? थिएन। थापाले भनेका छन् ।

उनले भनेका छन्, ‘सिडिओ, एस्पी, डिएस्पी र कार्यालय सहायकहरू देखाएर उनी पानीमाथिको ओभानो कसरी बन्न पाउँछन्? राजधानीमा दिनदहाडै दुई/दुई जना होनहार युवाको अनाहकमा जीवनहरण गरेकोमा उनी गृहमन्त्रीका हैसियतमा हत्याको खास जिम्मेवार र जवाफदेही भएर अविलम्ब पदत्याग गर्नुपर्छ।यो सारा नेपालीजनको आवाज हो !

अझ उनैले त्यो बाटो किन हिंडेको भन्दै बाख्राको पाठोलाई किन पानी धमिल्याएको भनेजस्तो गरेर अरू बाटो हिड्ने जोकसैलाई आरोपित गर्न किमार्थ मिल्दैन।

हुन त नैतिकता उहाँले अरूलाई भन्ने कुरा मात्रै हो, आफैले एक कौडी बराबर पालन गर्नुगर्दैन भन्ने दृष्टान्तमा उहाँको ढोंगी जीवन नै पर्याप्त रहेको छ।

यो नैतिकहराम र पदलोलुप भएर कुर्सीमा टाँसिनुजस्तो रवैया उहाँको व्यर्थको दशटंकी बाहेक अरू केही होइन ।‘

ताजा समाचार