४ पुष २०८१, बिहीबार

पद्मश्री कलेजको दिक्षान्त समारोह : देशभित्रै अवसर खोज्न पूर्व मुख्यसचिव पौडेलको सुझाव


काठमाडौँ तिनकुने स्थित पद्मश्री कलेजबाट स्नातक तह बीआइटी र बीएचएम फ्याकेल्टीमा १ सय १० विद्यार्थी दिक्षित भएका छन् ।

मलेसियाको निलाइ विश्वविद्यालयको सम्बन्धनमा नेपाल सरकार,  शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्विकृती  लिई संचालन भएका चारबर्षे स्नातक कार्यक्रम अध्ययन सम्पन्न गरेका विद्यार्थीलाई दीक्षित गरिएको हो ।

बिहीवार होटेल सोल्टीमा आयोजित एक कार्यक्रमका प्रमुख अतिथि पूर्व मुख्यसचिव तथा अभियन्ता लिलामणि पौडेल र कलेजका अध्यक्ष अणराज सिलवालले संयुक्त रुपमा विद्यार्थीलाई दिक्षान्त प्रमाणपत्र प्रदान गरेका थिए ।

सो कार्यक्रममा विद्यार्थीलाई हौसला प्रदान गर्दै  पौडेलले शिक्षित भए पश्चात सम्भव भएसम्म देश भित्रै अवसरहरुको खोजी गरी काम गर्न जोड दिए ।

सोही अवसरमा डा. पुकार मल्ल, डा. लोचन रिजाल, एलिन बाइलोचन तुलाधर लगायतले देश भित्र तथा बाहिरका विभिन्न अवसर र सम्भावनाहरुका बारेमा जानकारी दिए ।

पद्मश्री कलेजले बिगत दुइ  दशकदेखि सूचना प्रविधि, कम्प्युटर, हस्पिटालिटी लगायतका विषयमा शिक्षा प्रदान गर्दै आएको छ ।

ताजा समाचार