७ पुष २०८१, आईतवार

गैरकानूनी सम्पति आर्जनमा इच्छाराज तामाङ दोषी ठहर, छोरीहरूलाई सफाइ


सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ गैरकानूनी सम्पत्ति आर्जनमा दोषी ठहर भएका छन् ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरसहित तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आइतबार तामाङ दम्पत्तीसहित तीन जनालाई कसुर ठहर गरेको हो ।

तामाङ सिभिल सहकारी ठगीमा जोडिएका छन् । सिभिल सहकारी ठगी प्रकरणपछि सम्पत्ती शुद्धिकरण विभागले उनको सम्पत्ती छानबिन गरेको थियो । उनका दुई छोरीले भने सफाइ पाएका छन् ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरसहित तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आइतबार फैसला गर्दै तामाङ दम्पत्ती र अन्य एक जनाको हकमा कसुर ठहर गरेको हो।

मिना कुमारीको हकमा भने सजाय निर्धारणकै दिन अदालतले बोल्ने प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए।

केशवलाल श्रेष्ठको हकमा भने कसुर ठहर भएको छ। सजाय निर्धारणका लागि माघ २१ गतेका लागि पेशी तोक्ने आदेश भएको छ।

 

 

ताजा समाचार