८ पुष २०८१, सोमबार

गलत ट्रयाकमा अर्थतन्त्र: सात महिनामा आठ खर्ब व्यापार घाटा


चालु आर्थिक वर्ष २०८०/८१ को सुरुआती सात महिना अवधिमा नेपालमा ९  खर्ब ८४ अर्ब ७७ करोडको वैदेशिक व्यापार गर्दा रू आठ खर्ब ११ अर्ब ११ करोड बराबरको घाटा भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिना अवधिको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार माघ मसान्तसम्ममा रू आठ खर्ब ९७ अर्ब ९४ करोड ३९ लाख बराबरको आयात भएको छ भने रू ८६ अर्ब ८३ करोड नौ लाख १२ हजार बराबरको मात्रै निर्यात भएको छ ।

चालु आवको सात महिना अवधिमा भारतसँग मात्र नेपालले रू चार खर्ब ९६ अर्ब तीन करोड ६० लाख व्यापारघाटा व्यहोरेको छ । त्यस्तै, दोस्रो ठूलो वैदेशिक व्यापार रहेको मुलुक चीनसँग नेपालले रू एक खर्ब ७१ अर्ब २३ करोड ६३ लाख बराबर व्यापार घाटा व्यहोरेको छ । माघ मसान्तसम्ममा चीनबाट रू एक खर्ब ७३ अर्ब नौ करोड ११ लाख बराबरको मालवस्तु आयात हुँदा रू एक अर्ब ८५ करोड ४८ लाख बराबरको निर्यात भएको छ । नेपालले उच्च व्यापार घाटा व्यहोर्ने मुलुकको सूचीमा तेस्रो नम्बरमा संयुक्त अरब इमिरेट्स रहेको छ ।

 

ताजा समाचार