४ पुष २०८१, बिहीबार

४.०४ अर्बको ऋणपत्र जारी गर्दै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, के हो ऋणपत्र?


नेपाल इन्भेष्टमेन्ट मेगा बैक लिमिटेडले ४ अर्ब ४ करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ।

बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ४० लाख ४० हजार इकाइ भएको ऋणपत्र जारी गर्ने जनाएको छ ।

यो ऋणपत्र १० वर्षे अवधिको हुनेछ। यसमा लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याज पाउनेछन्।

बैंकले ऋणपत्र बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।

के हो ऋणपत्र?

ऋणपत्र एक प्रकारको वित्तीय उपकरण हो जसमा लगानीकर्ताले उक्त ऋणपत्र जारी गर्ने संस्थाबाट निश्चित समय पश्चात् सावाँ तथा ब्याज प्राप्त गर्दछन् ।

 

 

ताजा समाचार