४ पुष २०८१, बिहीबार

त्यो दिन बालेनलाई जेल हाल्न सिंहदरबारमा यस्तोसम्म पनि भएको थियो


बेलाबेलामा स्टन्ट राखेर चर्चामा आइराख्न खोज्ने काठमाडौँका मेयर बालेन्द्र शाह झन्डै जेल जानबाट रोकिएका छन् ।

मेयर बालेन शाहले गत भदौ दोस्रो साता आफ्नी पत्नी चढेको गाडी ट्राफिक प्रहरीले रोकेपछि सिंहदरबार जलाउने धम्की दिएका थिए। उनले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई चोरको संज्ञासमेत दिएका थिए।

त्यही स्ट्याटसका कारण प्रधानमन्त्री प्रचण्ड र तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले मेयर शाहलाई पक्राउ गर्न खोजेको जनमत पार्टीका अध्यक्ष सिके राउतले सार्वजनिक गरे ।

‘गोप्य तरिकाले बैठक बसेको थियो। एजेन्डा थाहा थिएन,’ उनले अन्तर्वार्तामा भनेका छन्, ‘बैठकमा प्रधानसेनापतिदेखि प्रहरी प्रमुख र उपत्यकाका तीनैवटा जिल्ला सिडिओहरू थिए।’ उनले भनेका छन् ।

अध्यक्ष राउतले कान्तिपुर टेलिभिजनको ‘फायरसाइड’ कार्यक्रममा अन्तर्वार्ता दिँदै त्यति बेला मेयर शाहलाई पक्राउ गर्न प्रचण्ड सरकारले गोप्य बैठक डाकेको बताए।

शाहले सिंहदरबार जलाउने धम्की र सरकारलाई चोरको संज्ञा दिइएका थिए ।

ताजा समाचार