८ पुष २०८१, सोमबार

काँग्रेसको आरोप: रविलाई जोगाउन प्रधानमन्त्री प्रचण्डले संसदमा झुट बोले


नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा गृहमन्त्रीका विषयमा बोलेका कुरामा कुने सत्यता नभएको बताएका छन्।

गृहमन्त्री रवि लामिछानेलाई जोगाउने प्रपञ्चमा लागी प्रधानमन्त्रीले झुटो कुरा सदनमा गरेको नेता कोइरालाले बताएका हुन। नेपाली कांग्रेसका स्व.नेता गिरिजाप्रसाद कोइरालाको १४ औं स्मृति दिवसको अवसरमा बुधबार बुटवलमा जिपी कोइराला स्मृति प्रतिष्ठान रुपन्देहीको भवन शिलान्यास गर्दै नेता कोइरालाले सो कुरा बताएका हुन।

‘कांग्रेसलाई दोष दिएर माओवादीले बनाएको यो नयाँ गठबन्धनले कुन धारमा टेकेर के के गर्छ त्यो हेर्दै जाँउ न, केही समयमा यो आफै नाङ्गिने छ’ नेता कोइरालाले भने।

राजनीतिमा नैतिकताको खडेरी परेको भन्दै उनले गृहमन्त्री लामिछानेले राजीनामा दिनु पर्नेमा जोड दिए। विवादमा तानिएपछि यसअघि धेरै नेताहरुले पद त्यागेको स्मरण गर्दै उनले गृहमन्त्रीबाट राजीनामा दिएर सहकारी घोटालाको अनुसन्धानलाई सघाउनु पर्ने बताए।

नेता कोइरालाले कृष्णबहादुर महरा पक्राउ परेकै दिन सुनकाण्डका अन्य दोषीलाई धरौटीमा छाडिनु रहस्यमय रहेको पनि बताए।

 

ताजा समाचार