सोमबार १६.८२ अंकले घट्दै बजार २००६.५२ को बिन्दुमा झरेको छ ।
होटल, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहमा एक प्रतिशतभन्दा बढीले गिरावट आउँदा अन्य उपसमूहमा एक प्रतिशत मुनिको गिरावट आएको छ ।
स्टक एक्सचेन्जका अनुसार यस दिन कारोबारमा आएका २४४ कम्पनीमध्ये १८४ कम्पनीको मूल्यमा गिरावट आएको छ । यस दिन ५२ कम्पनीको मूल्यमा सामान्य सुधार आउँदा ८ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज सोमबार गुराँस लघुवित्त र डोल्टी पावर कम्पनीको मूल्यमा नकारात्मक सर्किट लागेको छ । खानीखोला हाइड्रो, निफ्रा हाइड्रो र माण्डु हाइड्रोको मूल्य उच्च अंकले घटेको छ ।
शेयर केही दिन अझै घट्न सक्ने अर्थविदहरुले जनाएका छन् ।