८ पुष २०८१, सोमबार

कतारका राजा शेखको २ दिनको वास नेपालमै, रामचन्द्रले एयरपोर्टबाटै बोकेर ल्याउने


कतारका राजा शेख तमिम बिन हमाद अल थानी आज मंगलबार नेपालको औचारिक भ्रमणमा आउँदैछन्।

उनको भ्रमणका लागि काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ । त्यस्तै सुरक्षा व्यवस्था चुस्त बनाउन सरकारले आज सार्वजनिक विदा दिने निर्णय गरेगरिसकेको छ।

दुई दिने भ्रमणका लागि नेपाल आउन लागेका राजा थानीको सुरक्षामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन हुनेछन्।

उनीसँगै ६ जना मन्त्रीहरू पनि नेपाल आउँदैछन्। राजा थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्नेछन्।

ताजा समाचार