४ पुष २०८१, बिहीबार

बजेट २०८०-८१ : औषधिका लागि गाँजाको व्यावसायिक उत्पादन गरिने


सरकारले औषधि प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादनका लागि कानुनी व्यवस्था मिलाइने जनाएको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार आर्थिक वर्ष ०८१र०८२ को बजेट प्रस्तुत गर्दै औषधि प्रयोजनका लागि कानुनी व्यवस्था मिलाएर गाँजाको व्यावसायिक उत्पादन गरिने बताएका हुन् ।

सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि २०८० कात्तिकमा गृह मन्त्रालयका तत्कालीन सहसचिवको संयोजकत्वमा कार्यदलसमेत गठन गरेको थियो । गत वर्ष पनि अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०–८१ को बजेट प्रस्तुत गर्दा गाँजा खेतीको सम्भावनाका विषयमा अध्ययन गर्ने घोषणा गरेका थिए। । आर्थिक वर्ष २०८०–८१ को बजेट वक्तव्य को १०५ नम्बर बुँदामा भनिएको छ, ुऔषधिजन्य प्रयोगका लागि गाँजा खेतीको समभाव्यता अध्ययन गरिनेछ ।ु

ताजा समाचार