४ पुष २०८१, बिहीबार

राजधानी दैनिक र आन्दोलनरत श्रमजीवीबीच सहमति, बाँकी पारिश्रमिक तीन दिनमा भुक्तानी हुने  


राजधानी दैनिक र आन्दोलनरत पत्रकारबीच सहमति भएको छ । जेठ ८ गते आठ महिनाको बाँकी रहेको पारिश्रमिक बक्यौता राजधानी दैनिक व्यवस्थापकले ऐन अनुरुप सेवासुविधा भुक्तानी गर्ने सहमति भएकाे हाे ।

राजधानी न्यूज पब्लिकेसन प्रालि केन्द्रीय कार्यालय चाबहिल सरस्वती नगरमा प्रा.लि. अध्यक्ष तथा सञ्चालक नन्दा शेरचनको अध्यक्षतामा बसेको बैठकले तीन बुँदे सहमती पत्रमा हस्ताक्षर गर्दै सहमती भएकाे हाे ।

पब्लिकेसनमा कार्यरत पत्रकार तथा कर्मचारीहरुको चैत्र ३० गते सम्मको तलब जेठ ८ गते सोमबार भुक्तानी गर्ने, पारिश्रमिक मासिक भुक्तानी नियमित गर्ने, पब्लिकेसनमा कार्यरत पत्रकार तथा कर्मचारीको तर्फबाट माग राखी भएका धर्ना विरोधका सम्पूर्ण कार्यक्रम स्थगन गर्ने र कम्पनीलाई अगाडी बढाउनका लागि व्यवस्थापन, कर्मचारी एक्यवद्धता भई अगाडी बढ्ने निणर्य गरिएकाे आन्दोलनको नेतृत्व गरिरहेका श्रमजीवी- पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदेव जैसीले जानकारी दिए ।

राजधानी दैनिकको व्यवस्थापनलाई सातादिनको अल्टिमेटम दिएर आठ महिनासम्म रोकिएको बक्यौता भुक्तानी गर्न संगठनले भने पनि सुनुवाई नभएपछि पहिलो चरणका संघर्षका कार्यक्रम घोषणा भएका र साेही अनुसार संगठनकाे नेतृत्वमा जेठ ३ गते १ घण्टा राजधानी दैनिकको गेटमा धर्ना, ४ गते २ घण्टा राजधानी दैनिकका अध्यक्षको कुपण्डोल स्थित निवासमा धर्ना तथा जेठ ५ गते २ घण्टा राजधानी दैनिकका सञ्चालकहरुको निवासमा धर्ना दिए पछि पब्लिकेसन संचालक समितीले पत्रकारहरूकाे पारिश्रमीक दिन सहमत भएका हुन् ।

ताजा समाचार