८ पुष २०८१, सोमबार

टाट पल्टिने अवस्थामा मुलुक: १० महिनामै १२ खर्ब चार अर्ब बराबरको व्यापार घाटा


काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा रु १२ खर्ब चार अर्ब ४२ करोड २४ लाख बराबरको व्यापार घाटा भएको छ ।

भन्सार विभागले आज सार्वजनिक गरेको विवरणमा सो अवधिमा मुलुकले रु १३ खर्ब ३५ अर्ब ३२ करोड २४ लाख बराबरको माल वस्तु आयात गरेको भन्सार विभागले जनाएको छ ।

दश महिनाको अवधिका कूल रु १४ खर्ब ६६ अर्ब २२ करोड २४ लाख बराबरको व्यापार गरेको छ । विभागका अनुसार सो अवधिमा नेपालले रु एक खर्ब ३० अर्ब ९० करोड बराबरको माल वस्तु निर्यात गरेको छ ।

व्यापार घाटा मुलुकको लागि एकादमै गम्भीर विषयसमेत हो ।  व्यापार घाटाका कारण देशले ठुलै आर्थिक क्षति व्यहोर्नुपर्ने हुनसक्छ ।

 

ताजा समाचार