काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
बिहीबार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ९६ पैसा र बिक्री दर १३२ रुपैयाँ ५६ पैसा रहेको छ ।
यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ३१ पैसा र बिक्री दर १६४ रुपैयाँ ०५ पैसा रहेको छ भने युरो एकको खरिद दर १४१ रुपैयाँ ८८ पैसा र बिक्री दर १४२ रुपैयाँ ५३ पैसा पुगेको छ ।