८ पुष २०८१, सोमबार

मैले सांसद बन्न पार्टीलाई ३ करोड बुझाएको भनेको छैन


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निलम्बित सांसद ढाकाकुमार श्रेष्ठले समानुपातिक सांसद बन्न आफूले पार्टीलाई ३ करोड रुपैयाँ नबुझाएको दाबी गरेका छन् ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

समानुपातिक सांसद बनाउँदा पार्टीका उपसभापति डीपी अर्याल र प्रवक्ता डा. मुकुल ढकाललाई झन्डै ३ करोड रुपैयाँ बुझाएको स्वयं श्रेष्ठले बताएको भन्दै केही सञ्चारमाध्यमले समाचार लेखेका थिए।

हेर्नुहोस् उनको विज्ञप्ति:

 

ताजा समाचार