कुमारी बैंकले १४ लाख ८३ हजार ३७८ कित्ता संस्थापक सेयर बिक्रीका लागि आवेदन खुलाएको छ ।
बिक्रिमा राखिएको उक्त सेयरमा बैंकका हाल कायम संस्थापक सेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् । तर संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेमा सर्वसाधरणको लागी आवेदन खुलाइने जनाइएको छ ।
सेयर खरिद गर्न चाहनेले जेठ १२ गतेदेखि जेठ १९ गतेसम्म सनराइज क्यापिटलमा सम्पर्क गर्नुपर्नेछ । सेयर बिक्री मूल्य प्रतिकित्ता ११० रुपैयाँ तोकिएको छ ।