८ पुष २०८१, सोमबार

बजेट महत्त्वाकांक्षी छ, सरकारले स्रोत व्यवस्थापन गर्न सक्दैन – एमाले प्रमुख सचेतक गिरी


नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले बजेटका लागि सरकारले स्रोत व्यवस्थापन गर्न नसक्ने बताएका छन् ।

बजेट निकै महत्त्वाकांक्षी रहेको र अनुमान गरिएको खर्चको स्रोत कहींबाट जुट्ला भन्ने सम्भावना नरहेको उनले आर्थिक वेभलाई प्रतिकृया दिएका छन् ।

‘बजेट महत्त्वाकांक्षी छ, अनुमान गरिएको खर्चको स्रोतको कहीं बाट जुट्ला भन्ने छैन,’ उनले आर्थिकवेभसँग भने, ‘राजश्वबाट मात्र १२ खर्ब जुटाउन सक्ने अवस्था र आधार छैन ।’

उनले बैदेशिक ऋण र आन्तरिक ऋणबाट पनि बजेटमा उल्लेख भएका विषयहरू व्यवस्थापन गर्न नसकिने बताए ।

‘पूँजीगत खर्च अत्यन्त न्यून १७.२५ प्रतिशत मात्र छ,’ उनले भने, ‘त्यसको स्रोत व्यवस्थापन सहज छैन । चालू खर्च अनिवार्य हुने नै भयो, त्यसलाई जसरी पनि मिलाउनुपर्छ । तर पूँजीगत खर्चका लागि सरकारले स्रोत व्यवस्थापन गर्न सक्दैन ।’

उनले सांसदलाई ५/५ करोड दिने विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग कुनै छलफल नभएको बताए । ‘सांसद विकास कोष जन्माउने विषयमा हामीलाई केही थाहा छैन,’ उनले भने, ‘यसको प्रभावकारी कार्यान्वयन सरकारले कसरी गर्छ, त्यो हेर्नुपर्छ ।’

ताजा समाचार