सरकारले विदेशबाट ल्याइएका आइफोन र एक लाखमाथिका मोबाइल फोनमा १० हजार रुपैयाँ कर उठाउने भएको छ ।
विसं २०८० जेठ १५ गतेसम्म प्रयोगमा रहेका तर नेपाल दूरसञ्चार प्राधिकरणले कार्यान्वयनमा ल्याएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमइस) प्रणालीमा दर्ता नभएका मोबाइल फोन सम्बन्धित प्रयोगकर्ताले फोन सेटको आइआएमईआई नम्बरसमेत उल्लेख गरी एकमुष्ट महसुलबापत यस्तो कर बुझाउनुपर्नेछ।
‘आइफोन र १ लाखभन्दा बढी मूल्यका लागि प्रतिसेट १० हजार रुपैयाँ, अन्य स्मार्टफोनका लागि ३ हजार र स्मार्ट मोबाइल फोन सेटबाहेक साधारण मोबाइल फोन सेटमा प्रतिफोनसेट २ सय रुपैयाँ कर लाग्नेछ,’ आर्थिक विधेयक २०८० मा भनिएको छ।