४ पुष २०८१, बिहीबार

संसदमा बजेट बहस: भोलि पनि निरन्तर हुने


बजेटमाथिको छलफलमा पक्ष र विपक्षमा सांसदका धारणा

काठमाडौँ । संसद भवन नयाँबानेश्वर मा बसेको प्रतिनिधिसभाको बैठकमा जारी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि छलफल चल्ने क्रम जारी रहेको छ ।

बिहीबार बसेको बैठकमा पनि प्रतिपक्षी सांसदहरुले बजेटमा  आपत्ति जनआएका छन् । तर सत्तापक्षका सांसदहरुले भने बजेटले सबै कार्यक्रमलाई समेटेको दाबी गर्दै आएका छन् ।

आजको बैठकमा सीताकुमारी राना, लालप्रसाद सावाँ लिम्बू, मैना कार्की, एकनाथ ढकाल, सीता मिजार, प्रभु हजारा दुसाद, मनबहादुर गुरुङलगायतका सांसदहरुले आफ्नो भनाई प्रस्तुत गरेका थिए ।

भोलि शुक्रबार फेरी प्रतिनिधिसभाको बैठक बस्नेछ ।

 

 

ताजा समाचार