८ पुष २०८१, सोमबार

प्रतिनिधिसभा बैठकमा रविले भने : राँगा र भैंसीको गफले पाउने गोबरमात्र हो


पुर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा हुने छलफल र बहस अमर्यादित भइरहेको बताएका छन् ।

आर्थिक वर्ष २०८०–८१ को बजेटमाथिको छलफलमा बोल्दै लामिछानेले यस्तो बताएका हुन् ।

उनले सदनमा राँगा र भैंसीका विषयमा गफ गरेर ५ वर्ष बिताउने हो भने गोबरबाहेक केही नपाउने उल्लेख गरे । ‘हामीले बजेटमा कुराकानी गरिरहँदा राष्ट्रको महत्वपूर्ण मुद्दामा कुराकानी गरिरहँदा आम नागरिकमा राम्रो सन्देश गएको छैन ।’ लामिछानेले भने ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणबातट फर्केको दिन दिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको भारत भ्रमणको उपलब्धि १५ वटा राँगा मात्र भएको बताएका थिए ।

संसदमा राँगा भैंसीकै विषयमा बहस चलाइरहने हो भने जनतामा निराशा छाउने र आउँदो चुनावमा मुख देखाउन नसकिने लामिछानेले बताए ।

ताजा समाचार