काठमाडौँ । शेयर बजार परिसूचक नेप्से बुधबार पनि बढेको छ । नेप्से गत आइतबारदेखि निरन्तर रुपमा बढिरहेको छ ।
बुधबार झन्डै कारोबार रकम पनि बढेर पाँच अर्ब नाँघेको छ । नेप्से परिसूचक १६ दशमलव ४२ अङ्कले बढेर दुई हजार ३७ दशमलव छ अङ्क कायम भएको छ ।
बुधबार आज दुई सय ७५ वटा कम्पनीको एक करोड २५ लाख ६१ हजार चार सय ४० कित्ता शेयर ७९ हजार चार सय ६१ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब एक करोड ७८ लाख सात हजार छ सय ८२ बराबरको कारोबार भएको छ ।