© 2024
१० जेष्ठ २०८०, बुधबार १०:२७
आज पनि मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठक केहीबेरमा सुरु हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठक सिंहदरबारमा बस्नेछ। यसअघि मंगलबार नियमित मन्त्रिपरिषद् बैठक बसे पनि आज पनि बस्न लागेको हो ।
९ जेष्ठ २०८०, मंगलवार २१:५७
प्रतिनिधिसभाको बैठक भोलि बुधबार बस्ने भएको छ । सङ्घीय संसद्को संयुक्त सञ्चालन नियमावली मस्यौदा प्रतिवेदनमा छलफल गर्न बुधबार अपराह्न ४ बजे संयुक्त बैठक बस्ने भएको हो । बैठक भोलि बस्ने प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जानकारी दिए ।
९ जेष्ठ २०८०, मंगलवार २१:५४
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारको नीति तथा कार्यक्रममाथि सङ्घीय संसद्मा हुने छलफल कर्मकाण्डीजस्तो भएको बताएका छन् । स्पिकर फोरम र एमसिडिएफको संयुक्त आयोजनामा आयोजित जलवायु परिवर्तनसम्बन्धी नीतिगत बहसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष तिमिल्सिनाले भने, “संसद्मा नेपाल...
९ जेष्ठ २०८०, मंगलवार २१:३७
हप्ताको तेस्रो दिन आज मंगलबार शेयर बजार परिसूचक नेप्से ह्वात्तै बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ५१ दशमलब ३१ अङ्कले उकालो लागेर एक हजार नौ सय ४२ दशमलब ६३ मा पुगेको छ । त्यस्तै आज...
९ जेष्ठ २०८०, मंगलवार २१:३३
काठमाडौँ । एभरेष्ट बैंकले ग्राहकको निक्षेप रकम बैंकमा सुरक्षित रहेको जनाएको छ । केही समय पहिला बैंकका एक कर्मचारीले ग्राहकको खाताबाट अनधिकृत रूपले गरेको रकमान्तर सम्बन्धित ग्राहकको खातामा शोधभर्ना गरिसको जनाउँदै सामाजिक सञ्जालमा प्रकाशित भ्रामक समाचारको पछि नलाग्न भनेको हो...
८ जेष्ठ २०८०, सोमबार ००:०७
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा ९७५ जनासँग पैसा असुलिएको आरोप लगाएका छन् । एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले दोषी उम्काउने र निर्दोष फसाउने प्रयास भइरहेको समेत बताएका छन् ।...
८ जेष्ठ २०८०, सोमबार ००:०१
काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा रु १२ खर्ब चार अर्ब ४२ करोड २४ लाख बराबरको व्यापार घाटा भएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको विवरणमा सो अवधिमा मुलुकले रु १३ खर्ब ३५ अर्ब ३२ करोड २४...
७ जेष्ठ २०८०, आईतवार २३:५२
देशकै सबैभन्दा ठुलो पालिका काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि विगतकै अनुपातमा बजेट ल्याउने तयारी गरेको छ । कामपा राजस्व विभागका प्रमुख धुव्र काफ्लेका अनुसार चालु आर्थिक वर्षको भन्दा ठुलो आकारको बजेट ल्याउने तयारी भइरहेको जानकारी दिएका छन् । महानगरले...
५ जेष्ठ २०८०, शुक्रबार १७:०१
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले लिएका नीतिगत तथा अन्य सुधारात्मक उपायको परिणामस्वरुप सबै क्षेत्रमा सकारात्मक नतिजा देखिन थालेको बताएका छन् । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दैै उनले सरकारले कार्यभार सम्हालेको छोटो अवधिमा प्राप्त उपलब्धि उत्साहजनक रहेको बताए...